• ट्रेण्डिङ्ग :
जेठ १४ गते सार्वजनिक बिदा

जेठ १४ गते सार्वजनिक बिदा


  • 2.3K
    SHARES
    • जेठ ८, २०८३ शुक्रबार
    • ५ महिना अघि
    • 3.5K Views

    जेठ १४ गते सार्वजनिक बिदा

    काठमाडौँ, जेठ ८ गते । सरकारले बकर इद (इद–उल–अजहा) का अवसरमा आगामी जेठ १४ गते सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बिहीबार सूचना जारी गर्दै मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार यस वर्ष बकर इद जेठ १४ गते परेको जानकारी दिनुभयो ।

    images

    वि.सं. २०८२ मङ्सिर १६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेकाले जेठ १४ गते बिदा हुने मन्त्रालयले स्पष्ट पारेको छ ।

    मन्त्रालयले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना पनि व्यक्त गरेको छ ।

     


    तेस्रो आँखा