काठमाडौँ, जेठ १० । नेकपा (एमाले) को सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निजी निवासमा जारी छ ।
बैठकमा पार्टीको साङ्गठनिक कार्यविभाजन, विभिन्न कार्यदलको गठन तथा वर्तमान राजनीतिक घटनाक्रम लगायतका समसामयिक विषयहरूमा छलफल भइरहेको छ ।
विशेष गरी, पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरण र पछिल्लो राजनीतिक परिस्थितिबारे ठोस निर्णय लिन यो बैठक आह्वान गरिएको हो ।
बैठकको कार्यतालिकाअनुसार यसअघिका छलफलमा पार्टीका पदाधिकारीले उठाएका प्रश्न र जिज्ञासाको सम्बन्धमा अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ । बैठकले पार्टीको साङ्गठनिक संरचनालाई थप व्यवस्थित बनाउन आवश्यक जिम्मेवारी बाँडफाँट र कार्यदल गठनसम्बन्धी निर्णयहरू गर्नेछ ।
