• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभा बैठक आज बस्दै, सम्भावित कार्यसूची यस्तो छ

प्रतिनिधिसभा बैठक आज बस्दै, सम्भावित कार्यसूची यस्तो छ


  • 1.9K
    SHARES
    • जेठ १२, २०८३ मंगलबार
    • ५ महिना अघि
    • 3.0K Views

    प्रतिनिधिसभा बैठक आज बस्दै, सम्भावित कार्यसूची यस्तो छ

    काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बिहान ११ः०० बजे बस्दै छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने र दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने सम्भावित कार्यसूची रहेको छ ।

    images

    बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
    a
    त्यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको ।

    संसद् सचिवालयका अनुसार ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ तथा ‘मतदाता नामावली ९पहिलो संशोधन० विधेयक, २०८३’ माथि दफावार छलफल गरिने र ती विधेयकहरूलाई पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरिनेछ ।


    तेस्रो आँखा