• ट्रेण्डिङ्ग :
नागरिक लगानी कोष र नबिल बैंकबीच वित्तीय सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच वित्तीय सम्झौता


  • 1.4K
    SHARES
    • जेठ १३, २०८३ बुधबार
    • ५ महिना अघि
    • 2.1K Views

    नागरिक लगानी कोष र नबिल बैंकबीच वित्तीय सम्झौता

    काठमाडौँ, जेठ १४ गते । नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीको अवकाश कोष व्यवस्थापन गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा कोषका निर्देशक छविरामण अधिकारी र बैंकका मानव संसाधन विभाग प्रमुख दिवस कार्कीले हस्ताक्षर गर्नुभएको हो ।

    images

    सम्झौतामा योगदानमा आधारित उपदान कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन गर्ने उल्लेख छ । जसअनुसार बैंकका कर्मचारीले मासिक वा वार्षिक रूपमा कोष कट्टी गरी नियमित रूपले लगानी कोषमा रकम जम्मा गर्नुपर्ने छ । कोषले बैंकका कर्मचारीको व्यक्तिगत खाता तयार गरी अभिलेख राख्ने छ भने बैंकको सिफारिसमा सेवानिवृत्त कर्मचारीलाई अवकाश रकम भुक्तानी गर्ने व्यवस्था गर्नेछ ।

    त्यसैगरी, बैंकका कर्मचारीले कोषमा जम्मा भएको रकममा नागरिक लगानी कोष ऐन, नियम, विनियम, निर्देशिका एवम् कार्यविधिमा उल्लेख भए अनुसार ब्याज, प्रतिफल तथा अन्य सेवा–सुविधा प्राप्त गर्नेछन् । बैंकको अवकाश कोष योजनाको व्यक्तिगत खातामा रहेको रकम, ऋण रकम तथा लगानीसहितको विवरण कोषलाई बुझाउनुपर्ने व्यवस्था पनि गरिएको छ ।

    कोषले अवकाश वा सेवानिवृत्त भएका कर्मचारीलाई नियमानुसार कर कट्टा गरी भुक्तानी उपलब्ध गराउनेछ । त्यसका लागि बैंकले आफ्ना कर्मचारीहरूको विवरण कोषलाई उपलब्ध गराउने, मासिक तथा वार्षिक रूपमा कट्टा गरिएको रकम सम्बन्धित कोषमा जम्मा गर्ने तथा सेवानिवृत्त कर्मचारीहरूको अवकाश रकम भुक्तानीका लागि सिफारिस गर्नुपर्ने छ ।

    यसका साथै, आयकर ऐन, २०५८ बमोजिम स्वीकृत अवकाश कोषका रूपमा सञ्चालित साविकका अवकाश कोषमा रहेको बैंकका कर्मचारीको अवकाश, उपदान र अतिरिक्त अवकाश कोषको रकम नागरिक लगानी कोषमा रकमान्तरण गरिनेसमेत सम्झौतामा उल्लेख छ । 


    तेस्रो आँखा