• ट्रेण्डिङ्ग :
इजरायल-हिजबुल्लाह संघर्षमा इजरायली सैनिकको मृत्यु, सीमा क्षेत्रमा तनाव बढ्दै

इजरायल-हिजबुल्लाह संघर्षमा इजरायली सैनिकको मृत्यु, सीमा क्षेत्रमा तनाव बढ्दै


  • 2.2K
    SHARES
    • जेठ १४, २०८३ बिहीबार
    • ५ महिना अघि
    • 3.3K Views

    इजरायल-हिजबुल्लाह संघर्षमा इजरायली सैनिकको मृत्यु, सीमा क्षेत्रमा तनाव बढ्दै

    इजरायल, जेठ १४ गते । इजरायली सेनाले बिहीबार जनाएअनुसार लेबनान सीमाना नजिक हिजबुल्लाहको ड्रोन आक्रमणमा एक सैनिकको मृत्यु भएको छ । यससँगै इरान समर्थित समूहसँग जारी युद्धमा मारिने इजरायली सैनिकको संख्या २४ पुगेको छ ।

    images

    सेनाका अनुसार मृत्यु हुने सैनिक २० वर्षीया सार्जेन्ट रोतेम यानाइ हुन् । उनी उत्तरी इजरायलमा सञ्चालन भइरहेको सैन्य गतिविधिका क्रममा मारिएको बताइएको छ । सोही घटनामा एक रिजर्भ सैनिक गम्भीररूपमा घाइते भएका छन् भने अर्को मध्यमरूपमा घाइते भएका छन् । इजरायली सेनाले उक्त आक्रमण हिजबुल्लाहको विस्फोटक ड्रोनबाट भएको पुष्टि गरेको छ । 

    युद्ध सुरु भएयता हालसम्म २३ सैनिक र एक नागरिक ठेकेदारसहित कुल २४ इजरायलीको मृत्यु भएको छ । इजरायली सेनाले बुधबार लेबनानको जाजानी नदीभन्दा दक्षिणका सबै क्षेत्रलाई “युद्ध क्षेत्र” घोषणा गर्दै स्थानीय बासिन्दालाई खाली गर्न आग्रह गरेको छ । यो कदम अप्रिल १७ को युद्धविरामपछि पहिलो पटक गरिएको ठूलो स्तरको चेतावनी मानिएको छ । रासस/सिन्ह्वा 

     


    तेस्रो आँखा