• ट्रेण्डिङ्ग :
काठमाडौँमा देशकै पहिलो एआई कम्प्युट केन्द्र स्थापना हुने

काठमाडौँमा देशकै पहिलो एआई कम्प्युट केन्द्र स्थापना हुने


  • 1.5K
    SHARES
    • जेठ १५, २०८३ शुक्रबार
    • ५ महिना अघि
    • 2.3K Views

    काठमाडौँमा देशकै पहिलो एआई कम्प्युट केन्द्र स्थापना हुने

    काठमाडौँ, जेठ १५ गते । सरकारले काठमाडौँको स्युचाटारमा देशकै पहिलो सार्वभौम एआई (आर्टिफिसियल इन्टेलिजेन्स) कम्प्युट केन्द्र स्थापना गर्ने भएको छ ।

    images

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गर्नुभएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा उक्त कुरा उल्लेख गरिएको हो । नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता) को युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरिएको अर्थमन्त्री वाग्लेले बताउनुभयो ।

    बजेट भाषणका क्रममा उहाँले भन्नुभयो, “नेपाललाई एआई युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरिएको छ । यसै अनुरूप काठमाडौँको स्युचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गरिने छ । हजारौँ एआई प्रोसेसिङ युनिट (एपीयूँ) खरिद गरी एआई उद्यमी र स्टार्ट–अपहरूलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराइने छ ।”

    सरकारले यो प्रविधिमार्फत नेपाली युवा उद्यमी र प्रविधि क्षेत्रका नवप्रवर्तनकारी कार्य (स्टार्ट–अप) लाई प्रोत्साहन गर्ने रणनीति बजेटमार्फत अघि सारेको हो । 

     


    तेस्रो आँखा