• ट्रेण्डिङ्ग :
मौसम पूर्वानुमान : लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा

मौसम पूर्वानुमान : लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा


  • 3.6K
    SHARES
    • जेठ १६, २०८३ शनिबार
    • ५ महिना अघि
    • 5.6K Views

    मौसम पूर्वानुमान : लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा

    काठमाडौँ, जेठ १६ गते । जल तथा मौसम विज्ञान विभाग अन्तगर्तको मौसम पूर्वानुमान महाशाखाले शनिबार राति लुम्बिनी र कर्णाली प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । 

    images

    महाशाखाका अनुसार हाल नेपालमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बााकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने लुम्बिनी प्रदेशको केही स्थानमा मध्यम वर्षा तथा गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

    भोलि आइतबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक, दुई स्थानमा मेघगर्जन चट्याङ्ग, हावाहुरीसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ । लुम्बिनी र कर्णाली प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    पर्सी सोमबार देशको हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ । 

     


    तेस्रो आँखा