• ट्रेण्डिङ्ग :
राष्ट्रपतिद्वारा दुई निर्वाचनसम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा दुई निर्वाचनसम्बन्धी विधेयक प्रमाणीकरण


  • 2.6K
    SHARES
    • जेठ १८, २०८३ सोमबार
    • ५ महिना अघि
    • 4.1K Views

    राष्ट्रपतिद्वारा दुई निर्वाचनसम्बन्धी विधेयक प्रमाणीकरण

    काठमाडौँ, जेठ १८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन र मतदाता नामावलीसम्बन्धी दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

    images

    राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार सङ्घीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ लाई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको हो ।

    राष्ट्रपति कार्यालयका अनुसार दुवै विधेयक आइतबार नै प्रमाणीकरण भएका हुन् । प्रमाणीकरणसँगै यी विधेयक कानुनी प्रक्रियाअनुसार कार्यान्वयनको चरणमा प्रवेश गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उक्त जानकारी दिइएको छ ।

     


    तेस्रो आँखा