• ट्रेण्डिङ्ग :
रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान

रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान


  • 1.7K
    SHARES
    • जेठ १८, २०८३ सोमबार
    • ५ महिना अघि
    • 2.6K Views

    रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका लागि सोमबार मध्यान्ह नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

    images
     

    रास्वपाको नेतृत्वमा सरकार गठन भएपश्चात् सभापति लामिछानेको यो पहिलो औपचारिक भारत भ्रमण हो ।

    सभापति लामिछानेसँग श्रीमती निकिता पौडेल पनि भारत भ्रमणमा छिन् । सत्तारुढ दलका प्रमुखको यस भ्रमणलाई राजनीतिक वृत्तमा विशेष चासो र महत्वका साथ हेरिएको छ ।

     

    भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यद्यपि मोदीसँगको भेटको टुंगो भने लागि सकेको छैन । उनको यस भ्रमणले दुई देशबीचको राजनीतिक सम्बन्ध र आपसी हितका विषयमा संवाद हुने अपेक्षा गरिएको छ ।711474718_122293591370195515_2765163158721087147_n.jpg713744885_122293591328195515_5010046204093943669_n.jpgRabi-lamichane-mk (1).jpg

     
     
     
     
     


    तेस्रो आँखा