• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्मका लागि स्थगित, विपक्षी दलको अवरोध कायमै

प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्मका लागि स्थगित, विपक्षी दलको अवरोध कायमै


  • 1.7K
    SHARES
    • जेठ १९, २०८३ मंगलबार
    • ५ महिना अघि
    • 2.6K Views

    प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्मका लागि स्थगित, विपक्षी दलको अवरोध कायमै

    काठमाडौँ, जेठ १९ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी जेठ २५ गतेसम्मका लागि स्थगित भएको छ ।

    images

    प्रतिनिधिसभाको आज बसेको बैठकमा विपक्षी दलले अवरोध कायमै राखेपछि सभामुख डोलप्रसाद अर्यालले आगामी जेठ २५ गते बिहान ११ बजे बस्ने गरी बैठक स्थगित भएको घोषणा गर्नुभयो । बैठक प्रारम्भ हुनेबित्तिकै विपक्षी दलका सांसद उभिएर विरोध जनाएका थिए ।

    सभामुख अर्यालले कानुन निर्माण गर्ने महत्त्वपूर्ण थलो भएकाले सदन सञ्चालनका लागि सहयोग गर्न पटक–पटक आग्रह गर्नुभयो । विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहले दिनुभएको अभिव्यक्ति फिर्ता नलिएसम्म संसद् अघि बढ्न नदिने अडान राख्दै वेल घेराउ गरेका हुन् ।

    विपक्षीको विरोध र नाराबाजीका कारण संसद्को नियमित कार्यसूची प्रभावित हुँदै आएको छ । 


    तेस्रो आँखा