• ट्रेण्डिङ्ग :
बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीकाे प्रथम भेलामा ७० जिल्लाकाे प्रतिनिधित्व हुने

बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीकाे प्रथम भेलामा ७० जिल्लाकाे प्रतिनिधित्व हुने


  • 5.4K
    SHARES
    • चैत्र १६, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीकाे प्रथम भेलामा ७०  जिल्लाकाे प्रतिनिधित्व हुने

    काठमाडाैं,१६ चैत्र । बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका संयोजक विश्वभक्त दुलाल आहुतीुले आफ्नो पार्टी चुनावमा जाने कि नजाने भन्नेबारे राष्ट्रिय भेलाले निर्णय लिने बताएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले चुनावमा जनतामाझ जाने कुरा सकारात्मक नै भएपनि यसबारे राष्ट्रिय भेलाले निर्णय लिने बताए ।

    images

    उनले पार्टी एकीकरणबारे कुनै पार्टीसँग आधिकारिक छलफल नभएको पनि बताए । चुनावमा मात्रै जाने लाई राजनीति नभनिने भन्दै उनले चुनाव बाहिर बस्ने पनि राजनीतिको विभिन्न आयाममध्ये पर्ने धारणा राखे । पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य मदन अर्यालले प्रज्ञा भवन कमलादीमा भोलि १७ चैत्रको दिउँसो १२ बजे राष्ट्रिय भेलाको उद्घाटन हुने  छ ।

    चैत्र १७ गते साझदेखि १९ गते सम्म भक्तपुरको बोडेमा बन्द सत्रको कार्यक्रम हुने जानकारी दिए । बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीकाे प्रथम राष्ट्रिय भेलामा ७० भन्दा बढी जिल्लाकाे प्रतिनिधित्व हुने  दावी गरिएकाे छ । साथै भारत, युरोप, कोरिया र मध्य एसीयाका प्रतिनिधित्व हुने याेजनकले जनाएकाे छ ।


    तेस्रो आँखा
    लेखकबाट थप