• ट्रेण्डिङ्ग :
रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता

रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता


  • 2.0K
    SHARES
    • जेठ २२, २०८३ शुक्रबार
    • ५ महिना अघि
    • 3.1K Views

    रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता

    काठमाडौँ, जेठ २२ गते । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमण पूरा गरी स्वदेश फर्किनुभएको छ । 

    images

    जेठ १८ गतेदेखि भारत भ्रमणमा रहेका सभापति लामिछाने शुक्रवार साँझ काठमाडौंस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनुभएको हो । 

    भ्रमणका क्रममा लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायत शीर्ष नेतासँग भेटवार्ता गर्नुभएको थियो । 

    उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एशियाली विशेष दूत सर्जियो गोरसँग पनि भारतमै भेटवार्ता गर्नुभयो । भारत भ्रमणको क्रममा सीमा समस्या लगायत नेपाल–भारतका सरोकार र प्राथमिकतासँग सम्बन्धित समग्र विषयमा छलफल भएको सभापति लामिछानेले बताउनुभयो । 

     


    तेस्रो आँखा