• ट्रेण्डिङ्ग :
परराष्ट्रमन्त्री भारत भ्रमणमा : नेपालको प्राथमिकताका विषयमा संवाद हुने

परराष्ट्रमन्त्री भारत भ्रमणमा : नेपालको प्राथमिकताका विषयमा संवाद हुने


  • 1.3K
    SHARES
    • जेठ २३, २०८३ शनिबार
    • ५ महिना अघि
    • 1.9K Views

    परराष्ट्रमन्त्री भारत भ्रमणमा : नेपालको प्राथमिकताका विषयमा संवाद हुने

    काठमाडौँ, जेठ २३ गते । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको प्राथमिकताका विषयमा भारतमा द्विपक्षीय छलफल हुने बताउनुभएको छ । 

    images

    शुक्रबार भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “हाम्रा प्राथमिकताका विषयमा हामी संवाद गर्छौं, अहिले उठेका सबै विषयमा संवाद गर्छौं ।”

    मन्त्री खनाल भारतका विदेशमन्त्री डा. सुब्रमन्यम जयशङ्करको निमन्त्रणामा भारतको तीनदिने भ्रमणमा त्यसतर्फ प्रस्थान गर्नुभएको हो । भारत भ्रमणका क्रममा मन्त्री खनालले भारतका विदेशमन्त्री जयशङ्करसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यसूची छ । परराष्ट्र मन्त्रालयले जनाए अनुसार भारत भ्रमणका क्रममा नेपाल र भारतको द्विपक्षीय प्रतिनिधिमण्डलबिच व्यापार, लगानी, सम्पर्क सञ्जाल, ऊर्जा तथा आपसी जनसम्बन्धलगायतका विषयमा छलफल हुने छ । 

    त्यस्तै ती प्रमुख क्षेत्रमा आपसी सहयोग अभिवृद्धि गर्ने उद्देश्यले पारस्परिक हितका विषयमा पनि गहन छलफल हुने मन्त्रालयले जनाएको छ । यो भ्रमण द्विपक्षीय उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानको एक हिस्सा भएको र यस भ्रमणले नेपाल र भारतबिचको दिगो तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने दाबी मन्त्रालयले गरेको छ । 

      

     
     
     
     


    तेस्रो आँखा