• ट्रेण्डिङ्ग :
क्यान्सरलगायत औषधीको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन

क्यान्सरलगायत औषधीको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन


  • 1.7K
    SHARES
    • जेठ २३, २०८३ शनिबार
    • ५ महिना अघि
    • 2.7K Views

    क्यान्सरलगायत औषधीको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन

    काठमाडौँ, जेठ २३ ।स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधीको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिनुभएको छ ।

    images

    औषधीऔषधि व्यवस्था विभागको अनुगमनपछि उहाँले क्यान्सरलगायत औषधिको अभाव हुन नदिन निर्देशन दिनुभएको हो ।  उहाँले हालसम्म औषधी आपूर्ति र वितरणको अनुमतिका लागि निवेदन पेस गरेका तर अनुमति नपाएका कम्पनीको स्थलगत निरीक्षण गरी प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभयो ।

    साथै, मन्त्री मेहताले विभागको नियमन क्षमता वृद्धि गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले विभागलाई प्रभावकारी बनाउन तत्काल गर्नुपर्ने सुधारका लागि आवश्यक स्रोतसाधन र जनशक्तिको विवरण अविलम्ब पेस गर्न आग्रह निर्देशन दिनुभएको छ ।

    मन्त्री मेहताले सरकारबाट निःशुल्क वितरण गरिने औषधी र स्वास्थ्य बीमाअन्तर्गत उपलब्ध गराइने औषधीको गुणस्तर परीक्षणलाई जोड दिने गरी आवश्यक व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई निर्देशन दिनुभएको छ ।

    विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले विभागका कामकारबाहीबारे  जानकारी गराउनुभएको थियो । 

     


    तेस्रो आँखा