• ट्रेण्डिङ्ग :
महिलाहरूलाई पढ्न प्रतिबन्ध गरेपछि अफगानिस्तानमा ६० करोडको परियोजना रद्द

महिलाहरूलाई पढ्न प्रतिबन्ध गरेपछि अफगानिस्तानमा ६० करोडको परियोजना रद्द


  • 5.6K
    SHARES
    • चैत्र १६, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    महिलाहरूलाई पढ्न प्रतिबन्ध गरेपछि अफगानिस्तानमा ६० करोडको परियोजना रद्द

    एजेन्सी, १६ चैत्र । छात्राहरूलाई विद्यालय जान तालिबानले प्रतिबन्ध गरेपछि ६० करोड अमेरिकी डलरको परियोजनाहरू बन्द गर्ने विश्व बैंकले निर्णय गरेको छ । शिक्षा, स्वास्थ्य र कृषिका साथै महिलाको सशक्तिकरण गर्ने विश्व बैंकको परियोजना थियो । 

    images

    गत हप्ता तालिबानले छात्राहरूका लागि विद्यालय खुल्ने निर्णय फिर्ता लिएको घटना अन्तर्राष्ट्रिय रुपमा विवादको विषय बनेको छ । बेलायत र अमेरीकालगायत १० राष्ट्रहरूले शुक्रबार संयुक्त वक्तव्यमा तालिबानको गतिविधिहरु चिन्ताजनक भएको जनाएका छन् ।

    कतारमा नियोजित अमेरिकी विदेश मन्त्रालय र तालिबानबीचको बैठक पनि रद्द भएको छ । तालिबानले बैंकको लक्ष्य र सर्त पुरा गरे मात्र परियोजनाको पुन:स्थापना गर्ने विश्व बैंकको दाबी छ ।


    तेस्रो आँखा