• ट्रेण्डिङ्ग :
रावल आयोग प्रतिवेदन २०५२ कार्यान्वयनका लागि सहजीकरण समिति गठन

रावल आयोग प्रतिवेदन २०५२ कार्यान्वयनका लागि सहजीकरण समिति गठन


  • 2.0K
    SHARES
    • जेठ ३०, २०८३ शनिबार
    • ४ महिना अघि
    • 3.1K Views

    रावल आयोग प्रतिवेदन २०५२ कार्यान्वयनका लागि सहजीकरण समिति गठन

    काठमाडौँ, जेठ ३० गते । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रावल आयोगको प्रतिवेदन २०५२’ कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ । मन्त्रालयले शुक्रबार नापी विभागका उपमहानिर्देशक कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरेको हो ।

    images

    शुक्रबार मन्त्रीपरिषद्ले निर्देशन दिए लगत्तै मन्त्रीस्तरीय निर्णय अनुसार प्रतिवेदन कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरिएको हो । ​गृह मन्त्रालयका उपसचिव, पूर्वाधार विकास मन्त्रालयका उपसचिव, भूमि प्रशासन कार्यालय र नापी कार्यालय डिल्लीबजारका प्रमुखहरू, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह समन्वय शाखाका प्रमुख, भूमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत सदस्य र नापी विभागका नापी अधिकृत सदस्य–सचिव रहने गरी समिति गठन गरिएको हो ।

    ​भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलका अनुसार उक्त समितिले चाँडोभन्दा चाँडो आफ्नो जिम्मेवारी सम्पन्न गर्ने छ । उहाँले भन्नुभयो, “अब सबै सरोकारवालासँग आवश्यक समन्वय गरी अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गरिने छ ।” 

     


    तेस्रो आँखा