• ट्रेण्डिङ्ग :
दाङमा सुनसहित दुई जना पक्राउ

दाङमा सुनसहित दुई जना पक्राउ


  • 1.7K
    SHARES
    • जेठ ३०, २०८३ शनिबार
    • ४ महिना अघि
    • 2.6K Views

    दाङमा सुनसहित दुई जना पक्राउ

    घोराही, जेठ ३० ।  दाङमा सुनसहित दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा राजपुर गाउँपालिका–७ सुनपतरी नाका बस्ने ४० वर्षीय रुपलाल गिरी र रुकुम बाँफिकोट गाउँपालिका–६ का २२ वर्षीय दिलिप परियार रहेका छन् ।

    images

    प्रहरीले उनीहरूको साथबाट २१४.५०० ग्राम तौल सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभएको छ।‌ प्रहरी नायब उपरिक्षक डा. केसीका‌ अनुसार गिरीले भारतबाट सुन नेपाल ल्याएको र परियार खरिद गर्ने व्यक्ति रहेका‌ छन ।

    उक्त धातुको हालको बजार मूल्य करिब ५२ लाख ७४ हजार रुपियाँ बराबर रहेको अनुमान गरिएको छ । उनीहरुलाई लमही नगरपालिका–९ अमिलियास्थित नमस्ते होटलबाट जेठ २९ गते‌पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक केसीले जानकारी दिनुभयो ।

    सुनको अवैध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले नमस्ते होटलको कोठामा खानतलासीका गर्ने क्रममा सुनसहित‌ पक्राउ गरेको थियो । बरामद धातु र पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

     


    तेस्रो आँखा