• ट्रेण्डिङ्ग :
कोशीमा मनसुनी वायुको प्रभाव, देशका विभिन्न भूभागमा वर्षाको सम्भावना

कोशीमा मनसुनी वायुको प्रभाव, देशका विभिन्न भूभागमा वर्षाको सम्भावना


  • 2.1K
    SHARES
    • आषाढ ७, २०८३ आइतबार
    • ४ महिना अघि
    • 3.3K Views

    कोशीमा मनसुनी वायुको प्रभाव, देशका विभिन्न भूभागमा वर्षाको सम्भावना

    काठमाडौँ, असार ७ । जल तथा मौसम विज्ञान विभागले हाल कोशी प्रदेशको केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको बताएको छ । 

    images

    विभागका अनुसार अहिले कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आज आइतबार राति कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक, दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । 

    भोलि सोमबार र पर्सी मङ्गलबार देशका हिमाली र पहाडी भूभागका साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ । भोलि मधेस, बागमती, गण्डकी प्रदेशमा तथा पर्सी मधेस, मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ ।

    भोलि र पर्सी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरुमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको विभागले जनाएको छ ।


    तेस्रो आँखा