• ट्रेण्डिङ्ग :
पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव

पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव


  • 2.2K
    SHARES
    • आषाढ ८, २०८३ सोमबार
    • ४ महिना अघि
    • 3.4K Views

    पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव

    काठमाडौँ, असार ८ गते । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेस, बागमती प्रदेशका सम्पूर्ण भूभागमा मनसुनी वायुको प्रभाव परेको छ ।

    images

    गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको विभागले जनाएको छ । यो वर्षको मनसुन जुन १९ गते शुक्रबार नेपाल प्रवेश गरेको थियो । 

    आज राति कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    भोलि मङ्गलबार र पर्सी बुधबार देशका हिमाली र पहाडी भूभागका साथै कोशी प्रदेशका प्रदेशका तराई भूभागमा साधारणतया तथा मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बादल लाग्नेछ । 

    सो दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्कसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । 

    भोलि र पर्सी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

     
     


    तेस्रो आँखा