• ट्रेण्डिङ्ग :
आज राति तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आज राति तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना


  • 2.2K
    SHARES
    • आषाढ १८, २०८३ बिहीबार
    • ४ महिना अघि
    • 3.3K Views

    आज राति तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, असार १८ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

    images

    महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ भने साधारणतया बादल लागेको छ । अहिले बागमती प्रदेशका केही स्थान, कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ । 

    भोलि शुक्रबार हिमाली र पहाडी भूभागको केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । भोलि राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

    पर्सी शनिबार हिमाली र पहाडी भूभागको केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ । पर्सी राति भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

     


    तेस्रो आँखा