काठमाडौँ, असार २३ गते । प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक सिंहदरबारमा बसेको छ। बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले छिमेकी मुलुक भारत र चीनको भ्रमण तथा अन्य समसामयिक कूटनीतिक विषयबारे समितिलाई जानकारी गराउनुभएको छ।
मन्त्री खनालले ती भ्रमणका उपलब्धि तथा नेपालको परराष्ट्र नीतिसम्बन्धी विषयमा समितिका सदस्यहरूलाई जानकारी गराउनुभएको हो। बैठकमा परराष्ट्रमन्त्री खनालसँगै परराष्ट्र मन्त्रालयका सचिवको समेत उपस्थिति रहेको थियो।
समितिको बैठकमा सञ्चारकर्मीलाई भने प्रवेश अनुमति दिइएन। संवेदनशील तथा कूटनीतिक विषयमा छलफल हुने भन्दै सञ्चारमाध्यमलाई बैठकमा सहभागी हुन रोक लगाइएको हो।
