• ट्रेण्डिङ्ग :
पाँच प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

पाँच प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना


  • 2.6K
    SHARES
    • आषाढ २३, २०८३ मंगलबार
    • ४ महिना अघि
    • 4.0K Views

    पाँच प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, असार २३ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ । 

    images

    कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशको एक, दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।

    महाशाखाका अनुसार आज राति देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ । 

    कोशी प्रदेशको पहाडी र तराई भूभागको थोरै स्थानमा तथा मधेस, बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

    भोलि बुधबार र पर्सी बिहीबार देशभर साधारणतया बादल लाग्नेछ । भोलि देशको पहाडी भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना छ । 

    पर्सी कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस प्रदेशका साथै बागमती र गण्डकी प्रदेशको तराई भूभागका एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

    यसैगरी, कोशी, बागमती, गण्डकी र सुदूरपशिचम प्रदेशको पहाडी र तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

     


    तेस्रो आँखा