काठमाडौँ, असार २४ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बुधबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३:३० बजे बैठक बस्न लागेको हो ।
शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले दिनुभएको जानकारीअनुसार उक्त बैठकमा सरकारका नियमित कार्यसूची, समसामयिक राजनीतिक तथा प्रशासनिक निर्णयहरूका विषयमा छलफल हुनेछ ।
