• ट्रेण्डिङ्ग :
देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना


  • 1.8K
    SHARES
    • आषाढ २५, २०८३ बिहीबार
    • ३ महिना अघि
    • 2.7K Views

    देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

    काठमाडौँ, असार २५  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार राति देशको विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ ।

    images

    महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज राति सात प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ । कोशी, कर्णाली प्रदेशको पहाडी तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    भोलि शुक्रबार र  पर्सी शनिबार देशभर अधिकांश बादल लाग्नेछ । भोलि देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ ।

    यसैगरी, पर्सी देशको हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ । कोशी, गण्डकी, कर्णाली प्रदेशको पहाडी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । 


    तेस्रो आँखा