• ट्रेण्डिङ्ग :
चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा

चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा


  • 1.3K
    SHARES
    • आषाढ ३०, २०८३ मंगलबार
    • ३ महिना अघि
    • 2.0K Views

    चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा

    काठमाडौँ,  असार ३० । जल तथा मौसम विज्ञान विभाग जलवायु विज्ञान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा मापन चितवन नारायणीमा आसपासमा गरिएको छ । 

    images

    सोमबार बिहान ८ः४५ बजेदेखि आज बिहान ८ः४५ बजेसम्म ३३५ वटा वर्षा मापन केन्द्रहरु  (मानव सञ्चालितः ४५ र स्वचालितः २९०) मा वर्षा मापन गरिएको छ । जसअनुसार गत २४ घण्टामा २४३ वटा केन्द्रमा वर्षा भएको छ । 

    केन्द्रहरूमध्ये सबैभन्दा बढी वर्षा (३१९.८ मि मि) चितवन जिल्लाको नारायणी फिल्ड अफिस केन्द्रमा मापन भएको छ । सोही केन्द्रका आसपासका तीन वटा केन्द्रहरूमा २०० मिमीभन्दा बढी वर्षा भएको छ भने देशभरि १०० मिमीभन्दा बढी वर्षा २३ वटा केन्द्रहरूमा भएको छ ।

    विपद् व्यवस्थापनविद् उज्ज्वल उपाध्यायले सोमबार रातिदेखि न्यूनचापीय रेखा मध्य तथा पूर्वी तराईतर्फ सर्दै गरेको जानकारी दिनुभयो । काठमाडौँलगायत अन्य क्षेत्रमा भइरहेको लगातारको झरी सोमबार रातिदेखि रोकिएको र आजको मौसम सोमबारभन्दा केही घमाइलो र तातो हुने उहाँको भनाइ छ  । उपाध्ययका अनुसार सप्तकोशी तथा नारायणी नदी वरिपरि डुबानको जोखिम आज मध्याह्नसम्म रहने छ ।

    विभागका अनुसार अहिले चितवन भरतपुर आसपासका क्षेत्रहरु डुबानमा परेको छ । रासस

     


    तेस्रो आँखा