काठमाडौं । बुधबारदेखि भरी सिलिण्डर ग्यास पाइने भएको छ। नेपाल आयल निगमले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै बुधबारदेखि भरी सिलिन्डर ग्यास १४.२ केजी बिक्री गर्ने निर्णय गरेको हो । यसको मूल्य दुई हजार ६० रुपैयाँ हुनेछ।
यसअघि निगमले २९ फागुनबाट ७.१ केजी मात्र (आधा सिलिन्डर) ग्यास बिक्री वितरण गर्दै आएको थियो ।
निगमले आज विज्ञप्ति जारी गर्दै इण्डियन आयलका विभिन्न बोटलिङ्ग प्लान्ट तथा रिफाइनरीहरूबाट भएको लोडिङ्गको अवस्थामा सुधार तथा आम उपभोक्ता वर्गबाट १४.२ केजी ग्यास सिलिण्डरको उच्च मागको अवस्थालाई समेत मध्यनजर गर्दै बुधबारदेखि मुलुकभरी नै साविककै १४.२ केजी ग्यास भर्ने जनाएको छ ।

