• ट्रेण्डिङ्ग :
चुनावी गठबन्धनबारे दाङ कांग्रेसले थाल्यो आन्तरिक छलफल

चुनावी गठबन्धनबारे दाङ कांग्रेसले थाल्यो आन्तरिक छलफल


  • 8.2K
    SHARES
    • चैत्र १७, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 12.6K Views

    चुनावी गठबन्धनबारे दाङ कांग्रेसले थाल्यो आन्तरिक छलफल

    दाङ, १७ चैत्र। वर्तमान सत्ता गठबन्धनमा आवद्ध दलहरुले आगामी चुनावमा तालमेल गरेर जाने निर्णय गरेपछि कांग्रेसले गठबन्धनका बारेमा बहस सुरु गरेको छ।

    images

    कतिपयले गठबन्धन गर्न नहुने धारणा बनाइरहेका छन् भने कतिपयले गठबन्धन गरेर जानु पर्ने बताइरहेका छन्। यसैक्रममा दाङ कांग्रेसले पनि जिल्लामा गठबन्धनको आवश्यक्ता भए नभएको विषयमा छलफल सुरु गरेको छ।  

    नेपाली कांग्रेस दाङले आगामी निर्वाचनमा अन्य दलसँगको गठबन्धनको औचित्यबारे तल्लो तहका इकाईहरुसँग परामर्श गरेको हो। कांग्रेस दाङको पार्टी कार्यालयमा भएको छलफलमा वडा सभापति, पालिकाका सभापति, प्रदेश क्षेत्रीय तथा संघ क्षेत्रीय सभापति तथा जिल्ला कार्यसमितिसंग चुनावी गठबन्धनको आवश्यकताकाबारेमा छलफल भएको थियो।

    छलफलमा सहभागी वडा अध्यक्षहरुले वडामा कांग्रेसको अवस्थाकाबारेमा जिल्ला समितिलाई जानकारी गराएको कांग्रेस दाङका उपसभापति गिरीराज सुवेदीले जानकारी दिए। उनकाअनुसार छलफलमा गठबन्धन गर्ने र नगर्ने दुबै खालका सुझावहरु आएका थिए।


    तेस्रो आँखा