काठमाडौं, १७ चैत्र । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
बढुवामा नपरेका डीआईजी ईश्वरबाबु कार्कीले गैरकानुनी रुपमा एआईजी बढुवा गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दिएका हुन् । वरिष्ठताक्रम र कार्यक्षमताका आधारमा बढुवा नगरिएको भन्दै कार्कीले सर्वोच्चमा रिट दिएका हुन् ।
डीआईजी कार्कीको रिट सर्वोच्च अदालत दर्ता भएको छ । उक्त रिटमा चैत २० गते आइतबार सुनुवाइ हुने बताइएकाे छ ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
