• ट्रेण्डिङ्ग :
आज र भोलि भारी वर्षाको सम्भावना, सतर्कता अप्नाउन आग्रह

आज र भोलि भारी वर्षाको सम्भावना, सतर्कता अप्नाउन आग्रह


  • 2.1K
    SHARES
    • श्रावण २, २०८३ शनिबार
    • ३ महिना अघि
    • 3.3K Views

    आज र भोलि भारी वर्षाको सम्भावना, सतर्कता अप्नाउन आग्रह

    काठमाडौँ, साउन २ गते ।  जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार र आइतबार भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

    images

    महाशाखाका अनुसार हाल देशभर अधिकांश बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशको एक, दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । 

    आज राति देशका पहाडी भूभाग, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराईको एक, दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । 

    कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागको एक, दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ ।

    भोलि आइतबार कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभाग तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराईको एक, दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमप्रदेशका पहाडी र तराई भूभागको एक, दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ । 

    सोमबार सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अप्नाउन समेत महाशाखाले आग्रह गरेको छ । 

     


    तेस्रो आँखा