• ट्रेण्डिङ्ग :
 सिद्धिचरण नगरपालिकाको मेयरमा केसीको बलियो दावेदारी, के गर्लान सभापति खनाल ?

 सिद्धिचरण नगरपालिकाको मेयरमा केसीको बलियो दावेदारी, के गर्लान सभापति खनाल ?


  • 20.5K
    SHARES
    • चैत्र १७, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 31.6K Views

     सिद्धिचरण नगरपालिकाको मेयरमा केसीको बलियो दावेदारी, के गर्लान सभापति खनाल ?

    ओखलढुंगा, १७ चैत्र । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा राजनीतिक दलहरु स्थानीय तहको नेतृत्व आफनो पक्षमा पार्न रस्सा कस्सीमा लागिरहेका छन । ओखलढुंगा जिल्लाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकामा पनि आफनो नेतृत्व जमाउन प्रमुख दलहरुको रस्साकस्सी चलेको छ ।  जिल्लाको केन्द्र विन्दु मानिने सिनपाको नेतृत्वका लागि कांग्रेसले आफनो दरिलो उम्मेदवार बनाउने  तयारीमा छ ।

    images

    हाल सिनपाको मेयरको लागि कांग्रेसबाट दुई अनुहार अग्रपक्तिमा छन् । सिनपाको नेतृत्व सम्हाल्न नेपाली कांग्रेसका सभापति तेजेन्द्र खनाल आंफै चुनाव लडने मनसायमा छन  तर उनले खुलेर उम्मेदवारी घोषणा गर्न सकेका छैनन् । पार्टी अधिवेशनमा  आफु सभापति भएमा कुनैपनि चुनाव नलड्ने र एक ब्यक्ती एक पदको नारा अघि सारेको कारण उनलाई अप्ठ्यारो परेको केही कांग्रेस नेताहरूको भनाइ छ । संर्घषबाटै आएका सभापित खनालसामु जिल्लाका सबै स्थानीय तह समेत जिताउन भुमिका खेल्नु पर्ने बाध्यता छ । 

    त्यसैगरी नेपाली काँग्रेसका युवा नेता सिनपा वडा नंं. ११ का वडाध्यक्ष विनोद कुमार केसी  मेयरकालागि योग्य भएको र आसन्न स्थानीय निर्वाचनमा  उम्मेदवार बन्ने तयारीमा जुटेको बताउँदै आएका छन् । उनी नेबिसंघ जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य हुँदा राजा ज्ञानेन्द्र शाहको निरङ्कुश शासनको बिरूद्धमा गणतन्त्रको नारा घन्काउदै सडक आन्दोलनको नेतृत्व गर्ने मध्यका एक हुँन। त्यस क्रममा २०५९ देखी २०६२र६३ सालसम्म कैयौं पटक प्रहरी हिरासत र कैयौं पटक घाइते भएका थिए। पार्टीको केन्द्रीय बिभागमा २०७१ सालदेखी काम गर्दै आएका केसी २०७४ को स्थानीय तहको निर्वाचनमा नगरप्रमुख पदमा  आकांक्षा गरेका थिए ।

    पार्टीमा उनी भन्दा सिनियर नेता डिल्लीराम खनाललाई मेयरको टिकट दिएपछि केसीलाई कम्युनिष्टको पक्कड रहेको सदरमुकाम क्षेत्र भत्काउन वडामा उम्मेदवार बनाईएको थियो । पार्टीले दिएको जिम्मेवारी अनुसार वडा अध्यक्ष जितेर नागरिकको सेवामा निरन्तर लाग्दै आएका केसी आगामी चुनावमा मेयरको दावी गरिरहेका छन् ।  ‘आफुलाई पार्टीले मेयरको उम्मेदवार बनाउनुपर्छ’,उनले भने,‘ म नगरको नेतृत्व सम्हाल्न तयार रहेकाले पार्टीले जिम्मेवारी दिदा उम्मेदवार बन्ने मात्र नभई  नगर हाँक्ने एजेन्डा र आधारहरू बनाएर बसेको छु।’ 

    जिवनभर राजनीतिक परिवर्तनका खातिर कुनै लालचमा नफसी सक्रिय योगदान गरेकाले बिजयी हुने आधार सहित उम्मेदवारकोदावी गरेको उनको दावी छ  । वडाको नेतृत्व गर्दै स्थानीय सरकार सञ्चालनको अनुभव समेत बटुलेको भन्दै  उक्त अनुभवलाई नगरपालिकामा कार्यान्वयन गर्दै समृद्धि र दिगो बिकास गर्न आफु सक्षम भएको केसीले बताए ।  आफ्नो नेतृत्वमा वडामा महत्वपूर्ण विकासका कामहरु सञ्चालन भएको उनको भनाइ छ ।

    यो ४ बर्ष कम्युनिष्ट सरकारको घेराबन्दी र असहयोगका बिच बसपार्क निर्माण, नगरपार्क निर्माण तथा विभिन्न गतिविधिहरु सहि तरिकाबाट सम्पन्न गर्न सकेको केसीले बताए  । विद्यार्थी राजनीतिबाट खारिएको निडर, शालीन र सक्षम नेतृत्वका कारण नगरको स्वरुप बदल्ने  र नागरिकको सेवा प्रवाहलाई प्रविधिमैत्री बनाइ सहज र सरल बनाउने  एजेण्डा केसीले बोकेका छन । 
     २०४६ सालको जनआन्दोलन प्रश्चात अनवरत सक्रिय र संघर्षपूर्ण राजनीतिमा होमिएका केसी गत पार्टी अधिवेशनमा जिल्ला सचिव पदमा उम्मेदवार थिए ।   

    नेपाल सरकारबाट मनोनीत नगरबिकास समितिको अध्यक्ष हुँदा बसपार्क र नगरपार्क लगायतका योजना अगाडि बढाई नगरविकास समितिलाई गतिशील बनाएका थिए।  जिल्ला अधिवेशनको समाप्ति पछी  गुटरहित संगठन निर्माण गर्ने उद्‍घोष गरेका सभापति तेजेन्द्र खनालले आफुलाई टिकट दिने केसीले विश्वास गरेका छन् । 

    नगर प्रमुखमा  बलियो दावेदारी प्रस्तुत गरेका केसीलाई उम्मेदवार बनाएर सभापति खनालले आफ्नो राजनीतिक  उचाइ बढाउन लाग्नुपर्ने  केही नेताहरूको विश्लेषण छ भने कतिपयले सभापति नै मेयरमा उठ्नु पर्ने तर्क राखेका छन । सभापतिको एक व्यक्ती एक पदको नारालाई साकार पर्न र नगरपालिकामा कांग्रेस बलियो बनाउँन  पार्टीले केसीलाई अघि बढाउदा उपर्युक्त हुने सुभचिन्तकहरूको बुझाई छ । 

  • सम्बन्धित विषय:

  • # विनाेद केसी

  • तेस्रो आँखा
    लेखकबाट थप