• ट्रेण्डिङ्ग :
शिक्षामन्त्रीको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा

शिक्षामन्त्रीको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा


  • 2.3K
    SHARES
    • श्रावण ९, २०८३ शनिबार
    • ३ महिना अघि
    • 3.6K Views

    शिक्षामन्त्रीको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा

    काठमाडौँ, साउन ९ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुग्नुभएको छ।

    images

    शिक्षामन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गर्नुभएको थियो। त्यसलगत्तै वार्तामार्फत अनशनको निकास खोज्ने उद्देश्यले मन्त्रालयका सचिव पौडेललाई धनगढी पठाइएको हो।

    यसैबिच, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्यसचिव पनि आइतबार धनगढी पुगेर डा. केसीसँग संवाद गर्ने कार्यक्रम रहेको छ।

    सरकारले वार्तामार्फत डा. केसीको अनशनको सहमतिपूर्ण निकास खोज्ने प्रयासलाई तीव्र बनाएको छ। 

    डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै गएपछि शनिबार आवश्यक मेडिकल सपोर्टको लागि धनगढी स्थित सेती प्रदेशिक अस्पतालमा राखिएको छ । 

     


    तेस्रो आँखा