• ट्रेण्डिङ्ग :
बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना


  • 3.9K
    SHARES
    • श्रावण १०, २०८३ आइतबार
    • ३ महिना अघि
    • 6.0K Views

    बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, साउन १० । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार राति बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    images

    महाशाखाका अनुसार आज दिउँसो सबैभन्दा बढी सुनसरीको चतरामा २७.८ मिलिमिटर वर्षा मापन गरिएको छ। अहिले कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    सोमबार र मङ्गलबार देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहने महाशाखाले जनाएको छ।

    सोमबार कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी एवम् तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा कोशी र मधेस प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

    त्यस्तै मङ्गलबार देशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

     


    तेस्रो आँखा