• ट्रेण्डिङ्ग :
पहाडी र तराईका केही स्थानमा भारी वर्षाको सम्भावना

पहाडी र तराईका केही स्थानमा भारी वर्षाको सम्भावना


  • 3.1K
    SHARES
    • श्रावण ११, २०८३ सोमबार
    • ३ महिना अघि
    • 4.7K Views

    पहाडी र तराईका केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, साउन ११। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले छ प्रदेशको पहाडी र तराई भूभागमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

    images

    महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ भने बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी र मधेस प्रदेशको एक, दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।

    आज राति बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक, दुई स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

    भोलि मङ्गलबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

    पर्सी बुधबार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


    तेस्रो आँखा