• ट्रेण्डिङ्ग :
पाँच प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

पाँच प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना


  • 4.4K
    SHARES
    • श्रावण १७, २०८३ आइतबार
    • ३ महिना अघि
    • 6.8K Views

    पाँच प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, साउन १७ गते । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

    images

    मधेस र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा भारी तथा एक, दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार सोमबार देशभर साधारणतया बादल लाग्नेछ । हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ । 

    बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेस प्रदेश साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

    भोलि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी र बागमती प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

    मङ्गलबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

     


    तेस्रो आँखा