• ट्रेण्डिङ्ग :
कम्युनिष्ट छाड्ने र अर्को पार्टी खोल्नेहरु पत्रु हुन् - ओली 

कम्युनिष्ट छाड्ने र अर्को पार्टी खोल्नेहरु पत्रु हुन् - ओली 


  • 9.0K
    SHARES
    • चैत्र १८, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 13.9K Views

    कम्युनिष्ट छाड्ने र अर्को पार्टी खोल्नेहरु  पत्रु हुन् - ओली 

    काठमाडौं, १८ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट छाड्ने र अर्को पार्टी खोल्नेहरु सडेका पत्रु भएको बताएका छन् । अनेरास्ववियुको केन्द्रीय कमिटीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्टहरुले कहिल्यौ पनि पार्टी नछाड्ने र पार्टी छाड्नेहरु कम्युनिष्ट नभइ प्रतिकृयावादी शक्तिको मतियार भएको बताएका हुन् ।

    images

    उनले आक्रोशित हुँदै भने, ‘कम्युनिष्ट सरकार ढालेर प्रतिकृयावादीहरुसँग चारवटा मन्त्रालय देउन भन्दै हिडेका छन, तिनीहरु कम्युनिष्ट हैनन ।’ एमालेले गरेको कामको कु प्रचार गर्दै हिड्ने भन्दै ओलीले थपे,‘माधव नेपाल जस्ता पत्रु मान्छेहरुले कम्युनिष्ट छाड्ने हुन्, एमाले छाड्ने हुन् ।’

    राजालाई परिक्रमा गरी पाउमा दाम राखेर ढोग्नेहरु अहिले केपी ओली राजावादी हुन्छ भन्दै कु प्रचार गरेर हिड्ने गरेको ओलीले बताए ।  उनले भने, ‘म स्वाभिमानी बेचेर प्रधानमन्त्री देउन भन्दै राजालाई परिक्रमा गरेर पाउमा दाम चढाउँदिन ।’ उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै भने, ‘राजालाई दाम चढाउनेहरु अहिले केपी ओली राजावादीहरुसँग मिल्ने हल्ला चलाउदै हिडेका छन् ।’

    एमालेमा पार्टी प्रवेश गर्नेहरुको लहर चलेको भन्दै दैनिक चारवटा सम्म कार्यक्रम भ्याउने गरेको ओलीले बताए । वर्तमान गठबन्धन कांग्रेसले सडेगलेका पत्रुहरुलाई मिलाएर बनाएको हो’, उनले भने, ‘यो गठबन्धनलाई छ्यास्स हावा खोली दिएपछि समाप्त हुन्छ ।’ नेकपा एमाले क्वीन्टलको भारी भएकाले एक (एक किलोका ढक राखेर बनाएको गठबन्धनप्रति डराउनु पर्ने कारण नभएको उनले बताए ।   


    तेस्रो आँखा