• ट्रेण्डिङ्ग :
दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा


  • 2.3K
    SHARES
    • भाद्र ३, २०८३ बुधबार
    • २ महिना अघि
    • 3.5K Views

    दलको विधान संशोधन गर्दै रास्वपा

    काठमाडौँ, भदौ ३ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २०८३ आवश्यकताअनुसार संशोधन गर्न कार्यदल गठन गर्ने भएको छ । बुधबार बसेको पार्टीको संसदीय दलको अनौपचारिक बैठकमा सभापति रवि लामिछाने, शीर्ष नेता, मन्त्री तथा सांसदहरूबीच संसद र सरकारको कामकारबाही प्रभावकारी बनाउने विषयमा अनौपचारिक छलफल भएको थियो ।

    images

    बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा सभापति रवि लामिछानेले संसदीय दलको बैठकमा संसदमा प्रस्तुत हुने विषयवस्तु र शैलीका सन्दर्भमा सांसदहरुसँग छलफल भएको जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो, “संसदमा प्रस्तुत हुने विषय, त्यहाँको प्रस्तुती, त्यहाँको सबै विषयमा कता–कता आमनागरिक तहबाट पनि प्रश्नहरु आइरहेको, पार्टी पङ्क्तिले पनि छलफल गर्नुपर्छ कि भनेर हामी सबै एउटै फेजमा त हुनप¥यो नि । त्यसले गर्दा केही असन्तुष्टि छन् कि, सरकारको  विषय लिएर मन्त्रालय, मन्त्री या कसैको विषयमा केही छन् कि भनेर हामीले आन्तरिक छलफलहरु ग¥यौं ता कि, संसदको मर्यादा कायम गर्ने जिम्मेवारी पनि हाम्रो रहन्छ ।”

    उक्त बैठकमा मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठित कार्यदलले सात दिनभित्र विधान संशोधनको प्रस्ताव तथा आवश्यक कार्यविधि तयार गर्ने विषयमा छलफल भएको संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार दलको विधान संशोधनमा सांसदको संसदीय मर्यादा, जिम्मेवारी, जनपक्षीय आवाज उठाउने तथा कानुन निर्माण प्रक्रियालाई थप प्रभावकारी बनाउने विषय समेटिनेछ ।

    यस्तै, बैठकमा सांसदहरूले जनताका गुनासा तथा मन्त्रालयगत विषय उठाएका थिए भने मन्त्रीहरूले आफ्नो मन्त्रालयअन्तर्गतका कामबारे जानकारी गराउनुभएको थियो । बैठकमा सरकारका कामकारबाही जनतासमक्ष पुर्‍याउँदा देखिएका दूरी तथा कमजोरी पहिचान गर्ने र सुधार गर्ने विषयमा समेत छलफल भएको थियो । रासस


    तेस्रो आँखा