• ट्रेण्डिङ्ग :
एमबिबिएस प्रवेश परीक्षामा ३४ हजार विद्यार्थी

एमबिबिएस प्रवेश परीक्षामा ३४ हजार विद्यार्थी


  • 9.7K
    SHARES
    • चैत्र १९, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 15.0K Views

    एमबिबिएस प्रवेश परीक्षामा ३४ हजार विद्यार्थी

    काठमाडौं, १९ चैत्र । चिकित्सा शिक्षा आयोगले सुरु गरेको स्नातक तहको एकीकृत एमबिबिएस प्रवेश परीक्षामा ३४ हजार ६६५ जनाले आवेदन दिएका छन् । तीन दिनसम्म चल्ने परीक्षाको पहिलो दिन १९ हजार ५०८ जना सहभागी थिए ।
     
    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शुक्रबार भएको परीक्षाको निरीक्षण गर्दै परीक्षामा कुनै प्रश्न उठ्ने वातावरण सिर्जना नगर्न निर्देशन दिएका छन् । मन्त्री पौडेल नेपाली सेनाको शिक्षण अस्पताल र हेराल्ड अन्तर्राष्ट्रिय कलेजमा निरीक्षणमा गएका थिए । सो परीक्षाका लागि १११ परीक्षा केन्द्र तोकिएको आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले जानकारी दिए । 

    images


    तेस्रो आँखा