काठमाडाैं,२० चैत्र । नेपाल र भारतबीच बंगलादेश र भुटानसँग ऊर्जा सहकार्य गर्ने सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दिल्लीमा भएको वार्तामा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० उपक्षेत्रीय ढाँचामा ऊर्जा सहकार्य गर्ने सहमति भएको हो ।
दुवै देशका प्रधानमन्त्रीले बीबीआईएन ९भुटान, बंगलादेश, भारत र नेपाल० ढाँचामा ऊर्जा सहकार्य विस्तार गर्ने सहमति गरेका हुन् । देउवा–मोदी वार्तापछि ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी नेपाल–भारतको ६ बुँदे संयुक्त दृष्टिकोण सार्वजनिक गरिएको थियो । ‘यस प्रकारको सहकार्य बीबीआईएनको ढाँचाभित्र विषयका रूपमा विस्तार गरिने र त्यसमा सर्तहरू सहभागी पक्षहरूबीच आपसी सहमतिमा निर्धारण गरिनेछ,’ संयुक्त दृष्टिकोणमा भनिएको छ ।
काठमाडौंमा २०७१ मा भएको सार्क शिखर सम्मेलनमा बीबीआईएन उपक्षेत्रीय संरचनामा मोटर भेइकल एग्रिमेन्ट भएको थियो । उक्त सम्झौतालाई नेपाल, बंगलादेश र भारतको संसद्ले अनुमोदन गरे पनि भुटान वातावरणसहितको विषय उठाउँदै त्यसबाट पछि हटेको थियो । पछिल्लो समय चार देशबीच जारी छलफलमा भुटान पर्यवेक्षकका रूपमा मात्रै सहभागी हुने गरेको थियो ।
