• ट्रेण्डिङ्ग :
नारायणी तटीय क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

नारायणी तटीय क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह


  • 1.7K
    SHARES
    • आश्विन ११, २०८३ आइतबार
    • १ महिना अघि
    • 2.6K Views

    नारायणी तटीय क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

    नवलपुर, असोज ११ गते । नारायण नदीले खतराको तह पार गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले सूचना जारी गर्दै नारायणीले खतराको तह पार गरेको जानकारी दिँदै तटीय क्षेत्रका वासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।  

    images

    चितवन, नवलपरासीपूर्व र नवलपरासीपश्चिम लगायत जिल्लाका नदी आसपासका बासिन्दालाई तुरुन्त सुरक्षित स्थानमा सर्न प्राधिकरणले आग्रह गरेको हो । नारायणीले खतराको तह पार गर्दै पानीको बहाव ११ मिटर नाघिसेकेको र १३ मिटरसम्म पुग्न सक्ने प्राधिकरणले जनाएको छ ।

    यो समाचार तयार पार्दासम्म नारायणीको बहाव ११.४८ मिटर पुगेको छ । नारायणीमा ७.३ मिटरलाई चेतावनी र ९ मिटरलाई खतराको तह मानिन्छ ।

     


    तेस्रो आँखा