• ट्रेण्डिङ्ग :
स्युचाटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

स्युचाटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


  • 8.4K
    SHARES
    • चैत्र २१, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 12.9K Views

    स्युचाटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    काठमाडाैं,२१ चैत्र ।  काठमाडौंको स्युचाटार पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बागमति प्रदेश ०२–०२१ प ६३३१ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा नुवाकोटको कुमारी १ घर भई हाल थानकोट बस्ने अन्दाजी २२ वर्षीया लक्ष्मी दर्नालको मृत्यु भएको हो ।

    images

    गम्भीर घाइते भएकी उनको उपचारको क्रममा कलंकीस्थित नेपाल नेशनल अस्पतालमा गएराति साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । लक्ष्मीले तीव्र गतिमा चलाएको मोटरसाइकल आइतबार साँझ पौने ६ बजे डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो । उनको शवलाई पोष्टमार्टमको लागि महाराजगंजस्थित त्रि।वि शिक्षण अस्पतालमा राखिएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप