• ट्रेण्डिङ्ग :
एआइजी बढुवाकाे निर्णयविरुद्ध परेको रिट निवेदन हेर्न नमिल्नेमा सूचीमा

एआइजी बढुवाकाे निर्णयविरुद्ध परेको रिट निवेदन हेर्न नमिल्नेमा सूचीमा


  • 7.8K
    SHARES
    • चैत्र २१, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 12.0K Views

    एआइजी बढुवाकाे  निर्णयविरुद्ध परेको रिट निवेदन हेर्न नमिल्नेमा सूचीमा

    काठमाडाैं,२१ चैत्र । सर्वोच्च अदालतमा नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट निवेदन आज पनि हेर्न नमिल्नेमा सूचीमा परेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा आज सुनुवाइ तोकिएको भए पनि हेर्न नमिल्ने सूचीमा राखिएको छ ।

    images

    सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार न्यायाधीश रेग्मीले उक्त विवाद हेर्न नमिल्ने थियो तर गोला प्रक्रियाबाट पेसी तोक्दा उहाँकै इजलासमा पर्‍यो । त्यसैले आज पनि सुनुवाइ हुन सकेन । एआइजी बढुवाविरुद्ध डिआइजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजङ्ग कार्कीले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।


    तेस्रो आँखा
    लेखकबाट थप