• ट्रेण्डिङ्ग :
बेलकोटगढी नगरपालिकामा कांग्रेसले गठबन्धन गर्न हुँदैन - मेयरका दाबेदार नेपाल

बेलकोटगढी नगरपालिकामा कांग्रेसले गठबन्धन गर्न हुँदैन - मेयरका दाबेदार नेपाल


  • 9.0K
    SHARES
    • चैत्र २१, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 13.8K Views

    बेलकोटगढी नगरपालिकामा कांग्रेसले गठबन्धन गर्न हुँदैन - मेयरका दाबेदार नेपाल

    काठमाडाैं, २१ चैत्र। स्थानीय तह निर्वाचनमा कांग्रेसले कुनै पनि पार्टीसँग गठबन्धन गर्न नहुने नुवाकोटको बेलकोटगढी नगरपालिकामा कांग्रेसका मेयरका दाबेदार नेता एसके नेपालले बताएका छन्। उनले बेलकोटगढी नगरपालिकामा त कुनै पनि हालतमा गठबन्धन गर्न नहुने बताएका हुन् ।

    images

    एमाले र माओवादी कार्यकर्ताहरूबाट कांग्रेस समर्थक र कार्यकर्ताहरूमाथि ज्यादती भएको अवस्थामा उनीहरूसँगै गठबन्धन गरेर जान नसकिने मेयरका दाबेदार कांग्रेस नेता नेपालको भनाइ थियो। 'बेलकोटगढीमा गठबन्धन गर्न हुँदैन। माओवादी र एमालेबाट सताइएका साथीहरूलाई सम्झेर पनि गठबन्धन गर्न हुँदैन,' उनले भने।

    नुवाकोटको बेलकोटगढी नगरपालिकामा एमालेका राजेन्द्ररमण खनाल मेयर र माओवादीको कविता ढुंगाना उपमेयर छन् । उक्त नगरपालिकामा अहिले कांग्रेसको जित्ने सम्भावना बलियो रहेको कांग्रेसका नेताहरूले बताएका छन्। आइतबार बेलकोटगढीमा आयोजित चुनावी सभामा मेयरका दाबेदार नेता नेपालले उक्त घोषणा गरेका हुन्।

    उक्त कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता अर्जुन नरसिंह केसी लगायतको उपस्थिति थियो । हालका एमाले मेयर खनालले बेलकोटगढी नगरपालिकालाई भ्रष्टाचारको अखडा बनाएको र त्यसको अन्त्य गर्नका लागि कांग्रेसको नेतृत्व अनिवार्य भएको नेपालको भनाइ थियो।

    'प्रत्येक वडाका सदस्यहरूले कांग्रेसको नेतृत्वलाई खबरदारी गर्न जरुरी छ, गठबन्धन हाम्रो आवश्यकता हो या राष्ट्रिय सत्ता स्वार्थको आवश्यकता हो ?,' एसके नेपालले आग्रह गरे, 'फेरि गठबन्धनको राग किन अलापिरहेका छौ ? केन्द्रीय नीतिको विरुद्ध बोलिरहेको छैन, नेपाली कांग्रेसका १० लाख कार्यकर्ताहरूको मनोभावना बोलिरहेको छु। १० लाख क्रियाशील सदस्य, स्थानीय तहमा नेतृत्व गरेका साथीहरू जो वामपन्थीहरूको पीडाबाट, वामपन्थीहरूको आक्रमणबाट पीडित भएका छन् ।

    ती साथीहरूको भावना विपरीत कांग्रेसको नेतृत्वले गठबन्धनको राग अलापिरह्यो भने हामीले स्थानीय स्तरबाट चुनौती दिन जरुरी छ, गठबन्धन मुर्दावाद भनेर ।' कांग्रेस कमजोर रहेको ठाउँमा गठबन्धन गर्न सकिने तर सबैतिर गठबन्धन गर्न आवश्यक नभएको नेता नेपालको भनाइ थियो। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०७४ को स्थानीय तह निर्वाचनमा छोरीलाई चितवनको भरतपुर नगरपालिकामा जिताउन गठबन्धन गरिएको तर कांग्रेससँग सहकार्य गरिरहेका प्रचण्डले संघीय र प्रदेश निर्वाचनमा गएर एमालेसँग गठबन्धन गरेको कुरा नेता नेपालले स्मरण गराएका थिए । 'फेस सेभिङका लागि गठबन्धन भनिरहेका प्रचण्डहरू फेरि पनि संघीय र प्रदेश निर्वाचनमा धोका नदेलान् भन्न कसरी सकिन्छ ?,' नेता नेपालको प्रश्न थियो ।


    तेस्रो आँखा