काठमाडाैं,२२ चैत्र । काठमाडौं महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले श्रेष्ठलाई स्वागत गरेको महानगर इन्चार्ज सागर नेपालले बताए ।
गएको स्थानीय तह चुनावमा उनी नेकपा एमालेबाट निर्वाचित भएका थिए । २०३८ र २०४९ मा सालमा स्वतन्त्र रुपमा वडाध्यक्ष जितेका श्रेष्ठ काठमाडौंका पुराना वामपन्थी नेता हुन् । स्थानीय तहकाे चुनाव नजिकीदै जाँदा नेता कार्यकर्ताहरू दलबदलकाे लहडमा लाग्ने पुरानै परम्परा हाे ।
तर पछिल्लाे समयमा एमालेबाट चाेइटिएर नेकपा एकीकृत समाजवादी गठन गरेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमालेबाट निर्वाचित वडा तथा स्थानीय तह स्तरिय नेता कार्यकर्ताहरू धमाधम नेकपा एसमा प्रवेश गराइरहेका छन् ।
