• ट्रेण्डिङ्ग :
उम्मेदवारको भागबण्डा गर्ने विषयमा छलफल गर्न गठबन्धनको बैठक 

उम्मेदवारको भागबण्डा गर्ने विषयमा छलफल गर्न गठबन्धनको बैठक 


  • 8.0K
    SHARES
    • चैत्र २२, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 12.3K Views

    उम्मेदवारको भागबण्डा गर्ने विषयमा छलफल गर्न गठबन्धनको बैठक 

    काठमाडाैं,२२ चैत्र । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी रहेको छ। बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) जनता समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेललगायतका नेताहरु सहभागी भएका छन्। 

    images

    बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा महानगर, उपमहानगर र नगरपालिकामा उम्मेदवारको भागबण्डा गर्ने विषयमा छलफल गर्न केन्द्रीत रहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किएपछि समसामयिक राजनीतिक घटनाक्रम, स्थानीय निर्वाचनमा तालमेलको गृहकार्यको विषयमा छलफल गर्न बैठक बसेको बालुवाटार स्रोतले जनाएको छ।

    यस अगाडि चैत्र १७ गते बसेको गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरमा तालमेलको निर्णयमा गरेको थियो। सत्तारुढ दल गठबन्धन एमालेविरुद्ध मोर्चाबन्दी गरेर अगाडि बढ्ने तयारीमा छन्। ६ महानगरमा गठबन्धनको केन्द्रबाट नै उम्मेदवारको टुगो लगाउने निर्णंय गरेको थियो। भरतपुर महानगरपालिकामा सार्वजनिक रुपमा नै माओवादी केन्द्रले दाबी गरेको छ। भने चितवन कांग्रेसले भने भरतपुरको मेयर कांग्रेसलाई लिए अन्य पद माओवादी केन्द्रलाई दिन कांग्रेस नेताहरुले छलफल अगाडि बढाएका छन्। 


    तेस्रो आँखा
    लेखकबाट थप