एजेन्सी, २२ चैत्र । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको बैठकमा सम्बोधन गर्ने भएका छन्।
सुरक्षा परिषदको आकस्मिक बैठक मंगलबार बस्दैछ। सो बैठकमा सम्बोधन गर्ने राष्ट्रपति जेलेन्स्कीले जानकारी दिए ।
नियमित रात्रिकालीन सम्बोधनको क्रममा उनले सोमबार राति युक्रेनी नागरिकले भोगिरहेको अवस्था विश्वलाई जानकारी दिन सम्बोधन गर्न लागेको बताए ।
राजधानी किएभको बुचा क्षेत्रमा रुसी सैनिकले ‘नरसंहार’ गरेको आरोप जेलेन्स्कीले लगाएका छन्। त्यसको खुला तथा पारदर्शी अनुसन्धानको माग गर्न पनि आफूले सम्बोधन गर्न लागेको उनको भनाइ छ।
