• ट्रेण्डिङ्ग :
चोरीको अभियोगमा प्रहरी हिरासतमा रुद्रले  घाँटी रेटेर गरे आत्महत्याको प्रयास

चोरीको अभियोगमा प्रहरी हिरासतमा रुद्रले  घाँटी रेटेर गरे आत्महत्याको प्रयास


  • 7.3K
    SHARES
    • चैत्र २२, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 11.2K Views

    चोरीको अभियोगमा प्रहरी हिरासतमा रुद्रले  घाँटी रेटेर गरे आत्महत्याको प्रयास

    बुटवल, २२ चैत्र । बुटवलमा चोरीको अभियोगमा प्रहरी हिरासतमा रहेका एकजना घाँटी रेटेर आत्महत्याको प्रयास गरेका छन् ।

    images

    तामाको तार चोरीको अभियोगमा बुटवल स्थित वडा प्रहरी कार्यालयको हिरासतमा रहेका रुद्रबहादुर नेपाली घाँटी रेटिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले बताए ।

    बुटवल औद्योगिक क्षेत्र र बिभिन्न स्थानबाट तामाका तारहरु चोरी भएको उजुरीका आधारमा प्रहरीले शनिवार नेपालीलाई कवार्डखानामा तामा बेच्दै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

    शनिबार पक्राउ परेका नेपाली सोमबार मध्यान्ह घाँटी रेटिएको अवस्थामा भेटिएका थिए । नेपालीले आत्महत्याको प्रयास गरेको भए पनि प्रहरीले तत्काल उद्धार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाएको बताए । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख केसीले बताए ।

    हिरासतभित्रै घाँटी रेटिनु शंकास्पद र गम्भीर भएको भन्दै नेपालीका आफन्त मानकुमारी सार्कीले घटनाको छानबिन हुनुपर्ने माग समेत गरेकी छिन् ।


    तेस्रो आँखा