• ट्रेण्डिङ्ग :
नेपालको विकासका लागि स्वदेशी तथा विदेशी लगानी महत्वपूर्ण छ – प्रधानमन्त्री देउवा

नेपालको विकासका लागि स्वदेशी तथा विदेशी लगानी महत्वपूर्ण छ – प्रधानमन्त्री देउवा


  • 7.4K
    SHARES
    • चैत्र २२, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    नेपालको विकासका लागि स्वदेशी तथा विदेशी लगानी  महत्वपूर्ण छ – प्रधानमन्त्री देउवा

    काठमाडौं, २२ चैत्र । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको आर्थिक विकासका लागि स्वदेशी तथा विदेशी लगानीकर्ता आवश्यक भएको बताएका छन् । 

    images

    मंगलबार चोभार सुक्खा बन्दरगाहाको उद्घाटन गर्दै देउवाले यस्तो बताएका हुन् । ‘नेपालको आर्थिक विकासका लागि स्वदेशी तथा विदेशी लगानीकर्ताको स्थान महत्वपूर्ण छ’, प्रधानमन्त्री देउवाले भने ‘नेपालको ठूला परियोजना निर्माणमा स्वदेशी तथा विदेशी लगानीको सहयोग नभई देश विकास गर्न सकिदैन ।’ नेपालको विकासको लागि लगानीकर्तामैत्री वातावरण तयार गर्नुपर्ने उनको भनाइ छ ।

    फरक प्रसंगमा देउवाले व्यापार घाटा बढ्दो रहेकाले अहिलेकै अवस्थामा रेलमार्ग बनाउन गाह्राे   हुने बताए । तत्काल रेल मार्गमा लगानी गर्ने हो भने नेपालीहरु झन् समस्यामा पर्न सक्ने उनको भनाइ छ । 


    तेस्रो आँखा
    लेखकबाट थप