काठमाडौं, २२ चैत्र । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा सत्ता साझेदार गठबन्धनले जित्ने दाबी गरेका छन् ।
कपिलवस्तुको शिवराज नगरपालिकामा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले आगामी निर्वाचनमा सत्ता साझेदार गठबन्धन मिलेर जाने भएकोले देशभर गठबन्धनका साझा उम्मेदवारले जित्ने दाबी गरेका हुन् ।
निर्वाचनमा मिलेर जाने विषयमा पाँच दलीय गठबन्धनको निरन्तर वार्ता र छलफल भइरहेको र दलहरू गठबन्धनप्रति सकारात्मक रहेकाले जित सुनिश्चित रहेकाे उनको भनाइ छ।
अध्यक्ष नेपालले अघिल्लो निर्वाचनमा दुईतिहाइ मत दिएर पठाएको पार्टीले जनतालाई धोका दिएको भन्दै अब भने नेपाली जनताहरू कुनै पनि धोकामा नबस्ने बताए।
