• ट्रेण्डिङ्ग :
कङ्गोमा नेपाली शान्ति सैनिक अनिल गुरुङको निधन 

कङ्गोमा नेपाली शान्ति सैनिक अनिल गुरुङको निधन 


  • 9.9K
    SHARES
    • चैत्र २३, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 15.2K Views

    कङ्गोमा नेपाली शान्ति सैनिक अनिल गुरुङको निधन 

    काठमाडौं, २३ चैब । संयुक्त राष्ट्रसंघको आह्वानमा कङ्गोमा तैनाथ ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफफ्मा कार्यरत एक नेपाली शान्ति सैनिकको निधन भएको छ । 

    images

    ‘अप्रेसन बाली’ का क्रममा मङ्गलबार घाइते भएका सुर्खेत घर भएका अनिल गुरुङको निधन भएको नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालले जानकारी दिए ।

    प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा सञ्चालन गरिएको खोजतलास कारबाहीमा विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमिन होल्डपछि विद्रोहीबाट भएको फायरमा मिशनमा कार्यरत शान्ति सैनिक गुरुङ घाइते भएका थिए ।

    घाइते गुरुङलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि बुनियाँस्थित लेबल–२ अस्पतालमा भर्ना गरिएको थियो । 

    यसैबीच संयुक्त राष्ट्रसंघका महासचिवका सहायक प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै दिवंगत नेपाली सैनिकप्रति श्रद्धाञ्जलि तथा परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । शान्ति सैनिकमाथि गरिएको आक्रमणको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । 


    तेस्रो आँखा