काठमाडौं, २३ चैत्त । श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्ने उद्देश्यले पाँच दिन अघि लगाइएको राष्ट्रिय संकटकाल हटाइएको छ। मंगलबार रातिदेखि लागु हुनेगरी संकटकाल हटाइएको हो ।
संकटकाल घोषणा भएको दुई साताभित्रै संसदबाट पारित गर्नुपर्ने प्रावधान अनुसार संकटकाल अनुमोदन नहुने भएपछि राष्ट्रपति गोताबाय राजापाक्षे निर्णय फिर्ता लिन बाध्य भएका हुन् ।
संकटकाल लागू गरेर सरकार विरोधी प्रदर्शन रोक्ने प्रयास गरेका राष्ट्रपति राजापाक्षेलाई सत्ता सहयात्री दलहरुले समेत साथ छाडेका छन् । २६ मन्त्रीले राजीनामा दिएका छन् । यससँगै उनको सरकार अल्पमतमा परेको छ ।
राजापाक्षे सरकारका सबै मन्त्रीले राजीनामा दिएपछि सर्वदलीय सरकार गठनका लागि गरिएको आह्वानलाई विपक्षीहरुले अस्वीकार गरेका छन् ।
